नेपाल प्रहरी - npa.nepalpolice.gov.np

Source: http://npa.nepalpolice.gov.np

Archived: 2026-04-23 16:40

नेपाल प्रहरी - npa.nepalpolice.gov.np
आपतकालिन सम्पर्क नं
प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
आर्थिक अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम १३ औं समूहको समापन कार्यक्रम सम्पन्न । मितिः २०८२।१२।२६ गते ।
संगठन प्रमुख प्र.म.नि.ज्यूको प्रमुख आतिथ्यतामा आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठीको प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न । मितिः२०८२।१२।१५ गते ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव सम्पन्न । मितिः २०८२।१०।२९ गते ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव सम्पन्न । मितिः २०८२।१०।२९ गते ।
प्रतिष्ठानको ७० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न । मितिः २०८२।१०।२५ गते ।
"प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम" ३४ औँ समूहको समुद्घाटन कार्यक्रम सम्पन्न । मितिः २०८२।१०।२५ गते ।
Previous
Next
सूचनाहरु
समाचार
त्रि.बि. ई-लाइब्रेरी
बारम्बार सोधिने प्रश्नहरू
प्र.अ.म.नि. शिद्धी बिक्रम शाह
कार्यकारी निर्देशक
प्र.ना.म.नि. दिनेश कुमार आचार्य
निर्देशक
०१-४५२७६५७
Latest Updates
"योग ध्यान कार्यक्रम सम्पन्न"
Invitation for Online Bids (2082/12/30)
सबै हेर्नुहोस्
ताजा तालिमका गतिविधिहरु
"कराते आधारभूत तालिम ६३ औँ समूह"
"शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौँ समूह"
जुडो आधारभूत तालिम ८९ औँ समूह
विस्तृतमा
सार्वजनिक सुविधा
नेपाल प्रहरी ब्याण्ड
सार्वजनिक कार्यक्रमको लागी आवश्यक स्थान चाहिएमा
नेपाल पुलिस हेल्थ क्लब
विस्तृतमा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
प्रवक्ता
---
सम्पर्क नं.  ०१-४५२३४८९
गुनासो सुन्‍ने अधिकारी
प्र.उ. नवराज कार्की
सम्पर्क ः ९८५१०३७७८८
समाचारहरु
सूचनाहरु
"योग ध्यान कार्यक्रम सम्पन्न"
२०८३-०१-०२
अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा राष्ट्रिय प्रही प्रशिक्षण प्रतिष्ठान तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक श्रीमान् प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा योग ध्यान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रतिष्ठानका सह-निर्देशक, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवलदार तथा जवानका साथै आधारभूत तालिमका प्रशिक्षार्थीहरूको समेत सहभागिता रहेको थियो ।
"शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम समापन"
२०८२-१२-२६
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं  समूहको आज मिति २०८२।१२।२६ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै निर्देशन सम्बोधन गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
[ विस्तृतमा ]
"आर्थिक अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम १३ औं समूहको समापन कार्यक्रम सम्पन्न"
२०८२-१२-२६
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालन भएको आर्थिक अपराध अनुसन्धान  तालिम १३ औं समूहको आज मिति २०८२/१२/२६ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण-पत्र वितरण गर्नुका साथै प्रमुख अतिथिज्यूले निर्देशन सम्बोधन गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले तालिम सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।
[ विस्तृतमा ]
"नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न
२०८२-१२-१५
आज मिति २०८२।१२।१५ गते नेपाल प्रहरी संगठन प्रमूख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा "नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षज्यूले प्रस्तावित तालिम क्यालेण्डरले TNA गरी प्राप्त तथ्यांकको बिश्लेषण, संगठनको आवश्यकता, प्रहरी कर्मचारीको वृत्ति विकास, प्रशिक्षण केन्द्रहरुको क्षमता र जनशक्ति, तालिम औचित्यता पुष्टि सहितको बिश्लेषण, अध्ययन तथा छलफलबाट प्रस्तावित तालिम कार्यक्रम बनेकोमा खुशी व्यक्त गर्दै नेपाल प्रहरी संगठनको उद्देश्य तथा लक्ष्य हासिल गर्न सक्ने योग्य एवं कुशल प्रहरी जनशक्तिको विकास गर्न प्रस्तावित तालिम कार्यक्रम सक्षम हुनेमा आफू विश्वस्त रहेको कुरा बताउनु भयो । प्रशिक्षण केन्द्रहरुले तालिम कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताउँदै वर्तमान चुनौतिहरुको सामना गर्न सक्ने जनशक्तिको विकास गर्न निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूले धन्यवाद मन्तव्य राख्ने क्रममा सम्पूर्ण तालिम प्रदायक प्रहरी कार्यालयहरुको तर्फबाट प्रतिबद्दता जाहेर गर्दै बार्षिक तालिम क्यालेण्डर अनुसार सञ्चालन हुने प्रशिक्षण गतिविधिहरुलाई प्रभाबकारी रुपमा सञ्चालन गर्ने, प्रशिक्षण केन्द्रहरुबाट संचालन हुने समान प्रकृतिका तालिमहरुको सञ्चालन प्रकृया तथा गुणस्तरमा एक रुपता कायम गर्ने, प्रशिक्षण केन्द्रहरुमा अनुसरण गरीएका असल अभ्यासहरुलाई अन्य प्रशिक्षण केन्द्रहरुसँग परस्पर समन्वय गरी अबलम्बन गर्न सबै तालिम केन्द्रहरुले अझ प्रभावकारी बनाउन सबै प्रशिक्षण केन्द्र लाग्नु पर्ने साथै प्रहरी महानिरीक्षकज्यूबाट निर्देशन भएका कुराहरुलाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने कुरा व्यक्त गर्नु भयो । मन्तव्य राख्ने क्रममा तालिम क्यालेण्डर निर्माण गर्नु पूर्व TNA गरी पहिचान गरिएका आवश्यक तालिमहरुमात्र क्यालेण्डरमा समावेश गर्ने, नेपाल प्रहरीको तालिम संचालन कार्यादेश, २०७९ लाई सम्पूर्ण प्रशिक्षण केन्द्रहरुले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने कुरा समेत व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी निरीक्षक देव राज पौडेज्यूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने  प्रहरी उपरीक्षक नवराज कार्कीज्यूले प्रस्तावित तालिम क्यालेण्डर सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका बिभिन्न विभागका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, प्रहरी नायब महानिरीक्षकज्यूहरु, प्रशिक्षण प्रदायक कार्यालयका निर्देशक, प्रधानाचार्य, प्राचार्य, समादेशक, प्रहरी बरीष्ठ उपरीक्षकज्यूहरु लगायत सिनियर प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ]
विस्तृतमा
प्रकाशित मिति
शीर्षक
कार्यहरु
२०८२-१२-२०
Invitation for Online Bids (2082/12/30)
विस्तृतमा
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
"योग ध्यान कार्यक्रम सम्पन्न"
"शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम समापन"
"आर्थिक अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम १३ औं समूहको समापन कार्यक्रम सम्पन्न"
Invitation for Online Bids (2082/12/30)
"नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न
"राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव सम्पन्न"
"प्रतिष्ठानको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक दिवसीय गोष्टी सम्पन्न"
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
सामाजिक सञ्जालमा
विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, चिनारी भिडियो
रिपोर्ट तथा प्रकाशन
"प्रेरणा"
हेर्न को लागि क्लिक गर्नुहोस्
प्रहरी दर्पण
हेर्न को लागि क्लिक गर्नुहोस्
संकल्प
हेर्न को लागि क्लिक गर्नुहोस्
नेपाल प्रहरी मोबाईल एप्स
Google Play र Apple app store मा उपलव्ध छ ।