नेपाली कांग्रेस - लोकतन्त्रको आवाज | आधिकारिक वेबसाइट - नेपाली कांग्रेस

Source: https://nepalicongress.org

Archived: 2026-04-23 16:40

नेपाली कांग्रेस - लोकतन्त्रको आवाज | आधिकारिक वेबसाइट - नेपाली कांग्रेस
सम्पर्क
|
पहुँचता
सम्पर्क
बदलियो कांग्रेस बदल्छौ देश
कांग्रेस 2.0
राष्ट्रियता
लोकतन्त्र
समाजवाद
विश्वेश्वरप्रसाद कोइराला
सुवर्ण शमशेर राणा
गणेशमान सिंह
कृष्णप्रसाद भट्टराई
गिरिजाप्रसाद कोइराला
सुशील कोइराला
शेरबहादुर देउवा
महेन्द्र नारायण निधि
शैलजा आचार्य
भीमबहादुर तामाङ
प्रदीप गिरि
सभापतिबाट सन्देश
सभापति को सन्देश
बदल्यौ कांग्रेस बदल्छौ देश
यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौ हामी ।
हाम्रो केवल एक ध्येय छ— देशको समुन्नति ।
जय नेपाल ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
कार्यक्रमहरू
आगामी कार्यक्रमहरू
नेपालको लोकतान्त्रिक भविष्य निर्माणको साझा यात्रामा हामीसँग सहभागी हुनुहोस्
सम्पन्न
नेपाली कांग्रेस प्रतिज्ञा सभा
०६ फाल्गुण २०८२
जनकपुर
विवरण हेर्नुहोस्
सम्पन्न
प्रतिनिधि सभा निर्वाचन २०२६
२१ फाल्गुण २०८२
सम्पूर्ण नेपाल
विवरण हेर्नुहोस्
नेतृत्व र सहभागिता
हाम्रो नेतृत्व
गगन थापा
सभापति
गगन थापा काठमाडौं क्षेत्र नं. ४ बाट पटक–पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
विश्वप्रकाश शर्मा
उपसभापति
नेपाली कांग्रेसका युवा नेता, सांसद, र पार्टीका वर्तमान उपाध्यक्ष — लोकतान्त्रिक परिवर्तन र सामाजिक विकासका लागि सक्रिय राजनीतिज्ञ।
पुष्पा भुषाल
उपसभापति
नेपाली कांग्रेसकी वरिष्ठ नेता, अधिवक्ता र संघीय संसदकी सांसद; नेपालको प्रतिनिधि सभाकी पूर्व उपसभामुख।
प्रदीप पौडेल
महामन्त्री
नेपाली कांग्रेसका वरिष्ठ नेता र महासचिव; पार्टी नेतृत्वमा सुधार र पारदर्शिता प्रवर्द्धन गर्ने प्रभावशाली राजनीतिज्ञ।
गुरूराज घिमिरे
महामन्त्री
नेपाली कांग्रेसका वरिष्ठ नेता; पार्टी नेतृत्व र संसदमा विविध जिम्मेवारी सम्हालेका अनुभवी राजनीतिज्ञ।
फरमुल्लाह मंसुर
सह–महामन्त्री
नेपाली कांग्रेसका वरिष्ठ नेता; पार्टी नेतृत्व र संसदमा विविध जिम्मेवारी सम्हालेका अनुभवी राजनीतिज्ञ।
डिला संग्रौला पन्त
सह–महामन्त्री
नेपाली कांग्रेसकी वरिष्ठ नेता; पार्टी नेतृत्व र संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने अनुभवी राजनीतिज्ञ।
बहादुर सिंह लामा
सह–महामन्त्री
नेपाली कांग्रेसका सह–महामन्त्री; संगठन र नेतृत्वमा सक्रिय, अनुभवी राजनीतिज्ञ।
कर्ण बहादुर बुढा
सह–महामन्त्री
दुर्गमका आवाज र रूपान्तरणकारी नेतृत्व: नेपाली कांग्रेसका सहमहामन्त्री तथा डोल्पाका ढुकढुकी।
योगेन्द्र चौधरी
सह–महामन्त्री
सह–महामन्त्री तथा दाङ–१ का प्रतिधन्द्वी उम्मेदवार, विकास‑मुखी युवा नेता
उदय शम्शेर राणा
सह–महामन्त्री
बौद्धिक नेतृत्व र आर्थिक रूपान्तरणका संवाहक: नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व अर्थ राज्यमन्त्री।
प्रकाश रसाईली स्नेही
सह–महामन्त्री
सामाजिक न्याय र समावेशीताका पक्षधर नेपाली कांग्रेसका केन्द्रीय नेता
मुक्ता कुमारी यादव
सह–महामन्त्री
मधेसको सशक्त आवाज र समावेशी नेतृत्व: नेपाली कांग्रेसकी सह-महामन्त्री तथा पूर्व मन्त्री।
समुन्नत नेपाल, सम्मानित नेपालीको लागी हाम्रो नीति तथा मार्गदर्शन
हाम्रो दृष्टिकोण: लोकतन्त्रसहित समुन्नति
समावेशी लोकतन्त्र र सुशासन
समावेशी लोकतन्त्र, सामाजिक सहअस्तित्व र विधिको शासन सुशासन, शक्ति पृथकीकरण र राजनीतिक हस्तक्षेपमुक्त संस्थाहरू
आर्थिक सुधार र रोजगारी
महिला, किसान, श्रमिक र सीमान्तकृत समूहको आर्थिक पहुँच लगानी मैत्री वातावरण, उत्पादन, लगानी र सम्मानजनक रोजगारी
समन्यायिक समाज र सामाजिक सुरक्षा
कोखदेखि शोकसम्म एकीकृत सामाजिक सुरक्षा स्वास्थ्य, शिक्षा र पोषणमा राज्यको दायित्व
युवा र ज्ञान–आधारित अर्थतन्त्र
युवामैत्री नवप्रवर्तन, सीप, प्रविधि र रोजगारीलाई प्रोत्साहन आईटी, व्यावसायिक तालिम र उद्यमशीलता
हरित विकास र जलवायु परिवर्तन
जलवायु परिवर्तनको दुष्प्रभावको न्यूनिकरण दिगो विकास, जैविक विविधताको संरक्षण र विपद् व्यवस्थापन
सन्तुलित परराष्ट्र नीति र प्रवासी नेपाली
सार्वभौमिकता, क्षेत्रीय सहकार्य र वैदेशिक लगानी सुरक्षा गैरआवासीय नेपालीको आर्थिक-सामाजिक अधिकार
०७ फाल्गुण २००७
राणा शासनविरुद्ध संघर्ष र प्रजातन्त्रको स्थापना
नेपाली कांग्रेसको नेतृत्वमा भएको संघर्ष मार्फत राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापना।
०७ फाल्गुण २०१५
पहिलो आमनिर्वाचन
नेपालको पहिलो आमनिर्वाचनमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले ७४ सिटसहित संसद्मा दुई तिहाइ बहुमत हासिल ।
०१ पौष २०१७
राजा महेन्द्रद्वारा जननिर्वाचित सरकार भङ्ग, विपी कोइराला लगायत नेता जेल चलान
राजा महेन्द्रद्वारा कोइराला नेतृत्वको सरकार भङ्ग गरी पञ्चायती व्यवस्था लागू, विपी कोइराला लगायतका नेतालाई कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैद र तत् पश्चात भारत निर्वासन
१६ पौष २०३३
राष्ट्रिय मेलमिलापको नीति अबलम्बन
प्रजातन्त्रको पुनर्स्थापनाको लागि सम्पूर्ण राजनीतिक शक्तिबीच समझदारीको वकालत गर्दै राष्ट्रिय मेलमिलापको नयाँ नीति अनुसरण गर्दै भारतको निर्वासनबाट बी.पी. कोइरालाको स्वदेश फिर्ता।
२० बैशाख २०३७
विद्यार्थी आन्दोलन पछि राष्ट्रिय जनमत संग्रह घोषित
नेपाल विद्यार्थी संघ सम्मेलित विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रद्वारा घोषणा गरिएको राष्ट्रिय जनमत संग्रहमा नेपाली कांग्रेस सहभागी, नेपाली कांग्रेस बहुदलीय प्रणालीको पक्षमा उभिएको ।
२६ चैत्र २०४६
निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलको स्थापना
नेपालको पहिलो जननिर्वाचित मन्त्रीमण्डल बिघटन गरी राजा महेन्द्रबाट लागू गरिएको निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले नेतृत्व गरेको जनआन्दोलन सफल।
२९ बैशाख २०४८
लोकतन्त्रको संस्थागत विकास
२०४६ सालको जनआन्दोलनपछि २०४८ वैशाख २९ मा सम्पन्न भएको पहिलो आमनिर्वाचनबाट नेपाली कांग्रेस बहुमतका साथ विजयी ।
२० बैशाख २०५६
आम निर्वाचनबाट नेपाली कांग्रेसलाई बहुमत प्राप्त
२०५६ सालमा सम्पन्न आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाली कांग्रेसद्वारा २ संसदमा बहुमत (२०५ मध्ये ११३ सिट) प्राप्त, २०५१ को मध्यावधि निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व सरकारबाट निराश नेपाली जनताद्वारा पुन: नेपाली कांग्रेसप्रति विश्वास व्यक्त।
०५ मंसिर २०६३
शान्ति प्रक्रिया र गणतन्त्रको यात्रा
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा भएको विस्तृत शान्ति सम्झौताबाट १० वर्षे लामो शशस्त्र जनयुद्धको अन्त्य, दोस्रो जनआन्दोलनको नेतृत्व गर्दै राजतन्त्रको अन्त्य र संविधानसभाको मार्ग प्रशस्त।
०३ आश्विन २०७२
संविधान निर्माण र संघीय लोकतन्त्र कार्यान्वयन
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी, पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २०७४ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन प्रारम्भ।
२७ पौष २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजना
नवयुवा पुस्ताको आह्वानमा भएको विद्रोह पश्चात् बदलिएको देश, बदल्नु पर्ने कांग्रेस भन्ने आवश्यकतालाई आत्मसात् गर्दै नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशनको आयोजना गरी पार्टीमा नँया नेतृत्व चयन ।
२००७
२०१५
२०१७
२०३३
२०३७
२०४६
२०४८
२०५६
२०६३
२०७२
२०८२
हाम्रो उपस्थिति
१६५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको जोडदार उपस्थिति
तपाईंको आवाजलाई संसदमा पुर्‍याउन नेपाली कांग्रेसका उम्मेद्वार देशभर १६५ निर्वाचन क्षेत्रमा सक्रिय हुनुहुन्छ। तलको नक्सामा क्लिक गरी आफ्नो क्षेत्रको उम्मेदवारबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्।
योगदान तथा उपलब्धि
विगत ३५ वर्षमा नेपाली कांग्रेसको नेतृत्वमा भएका केही जीवन्त सुधारको प्रतिफल
पूर्वाधार
ग्रामीण समाजलाई केन्द्रविन्दुमा राखी सडक सञ्जालको विस्तार र मेलम्ची जस्ता ठूला आयोजनाहरू सुरु गर्ने नीतिले ७ हजार किलोमिटरको सडकलाई ८५ हजार किलोमिटर पुर्‍याउन र शुद्ध खानेपानीमा ८५ प्रतिशतभन्दा बढी नागरिकको पहुँच पुर्‍याउन सफल भयो
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
पूर्वाधार
२०४७/४८
२०८१/८२
सिँचाइ
५.४ लाख हेक्टर
१५.५ लाख हेक्टर
वनले ढाकेको क्षेत्र
३७%
४५.०८%
सडक सञ्जाल
७,३३० कि.मि.
१,०४,०४४ कि.मि.
कालोपत्र र ग्राभेल
४,६१६ कि.मि.
४६,६१४ कि.मि.
आधारभूत खानेपानी पहुँच
३६%
९४.५०%
शौचालय र सरसफाइ पुगेको जनसंख्याको प्रतिशत
६%
९८.५%
प्रेस विज्ञप्ति
नवीनतम प्रेस विज्ञप्तिहरू
हाम्रा पछिल्ला प्रेस विज्ञप्तिहरूको माध्यमबाट अपडेटमा रहनुहोस्।
सबै प्रेस विज्ञप्ति हेर्नुहोस्
०७ बैशाख २०८३
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८३ वैशाख ७ गतेको बैठकको निर्णय
०७ बैशाख २०८३
गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ
०६ बैशाख २०८३
केन्द्रीय अनुशासन समितिको बैठक सम्बन्धमा ।
०६ बैशाख २०८३
नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिईरहेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण