Kirtipur Municipality

Source: https://www.kirtipurmun.gov.np/nayayaka-samata

Archived: 2026-04-23 17:14

Kirtipur Municipality
सूचना
आधारभूत सूचना तथा सञ्चार प्रविधि (Basic ICT) तालिममा सहभागी हुन आवेदन दिने सम्बन्धी सूचना!
New
श्रम संसार (shramsansar) प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना।
Advance ICT तालिम स्वीकृति पत्र वितरण सम्बन्धी सूचना
दरखास्त स्वीकृत गरिएको सम्बन्धी सूचना
सहभागि हुने समबन्धी सूचना। Click to teach Gmail this conversation is important
वार्षिक वजेट सम्बन्धमा।
न्यायिक समिति
नेपालको संविधानले धारा २१७ मा न्यायिक समितिको संवैधानिक व्यवस्था गरेको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सरकारका प्रमुख आवश्यकी अङ्ग हुन् । स्थानीय सरकारको न्यायपालिकाको रूपमा न्यायिक समिति रहेको छ । न्यायिक समितिले स्थानीय तहमा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण तथा मिलापत्र गर्ने प्रयोजनका लागि नगर उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ८ दफा ४६ देखि ५३ सम्म न्यायिक समितिको गठन, क्षेत्राधिकार र कार्य सञ्चालन सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था अनुसार कीर्तिपुर नगरपालिकामा न्यायिक समिति गठन भएको छ । नगरको पहिलो नगर सभाबाट न्यायिक समिति गठन भई न्याय सम्पादनको काम अगाडि बढेको छ । संवैधानिक व्यवस्था अनुसार न्यायिक समितिको संयोजक नगर उपप्रमुख श्री शुभलक्ष्मी शाक्य “सुनिता” रहनु भएको छ भने सदस्यमा कीर्तिपुर २ नम्बर वडावाट निर्वाचित वडा सदस्य श्री शर्मिला श्रेष्ठ महर्जन र वडा नम्वर १० बाट निर्वाचित वडा सदस्य श्री ज्ञानेश्वर महर्जन पहिलो नगर सभाबाट सदस्यमा चयन हुनु भएको छ । नेपालको संविधानले स्थानीय तहका विवाद न्यायिक समितिमा समाधान गरेर आपसी सद्भाव कायम गर्दै कानुनी राज्यको प्रत्याभूति गराउने उद्देश्यले न्यायिक समितिको संवैधानिक व्यवस्था गरिएको हो ।
श्री शुभ लक्ष्मी शाक्य (सुनिता)
उप-प्रमुख
deputymayor@kirtipurmun.gov.np
९८४१६४९४७७
श्री सर्मिला श्रेष्ठ (महर्जन)
नगर सभा सदस्य
९८४१११५९३१
श्री ज्ञानेश्वर महर्जन
नगर सभा सदस्य
९८६१८००५९८