विकिसमाचार
एक नि: शुल्क समाचारका सामग्रीहरू प्रदान गर्ने एक सेवा हो जसलाई अमेरिकी गैर नाफामुखी गुठी
विकिमिडिया फाउन्डेसन
ले सञ्चालन गरेको छ।
यस वेबसाइटले समन्वय पत्रकारिताको माध्यमबाट काम गर्दछ।
विकिपिडिया
का सह-संस्थापक जिम्मी वेल्सका अनुसार "विकिसमाचारलाई विकीपिडिया जस्तो विश्वकोशको रूपमा नलेखी, प्रत्येक समाचारलाई समाचारको रूपमा मात्र लेख्नुपर्दछ भन्ने भनाइ जारी गरेका थिए जहाँ यसलाई विकिपिडिया र विकिसमाचारको भिन्नताको रूपमा लिइन्छ। अन्य नागरिक पत्रकारिताका प्रयासहरू जस्तै इन्डिमेडिया र ओहमी न्युज जस्ताहरूबाट यसलाई तटस्थ दृष्टिकोणको आधारमा छुट्याउन सकिन्छ।
विकिमिडिया फाउन्डेसनको प्राय: जसो परियोजनाहरूको विपरित, विकिसमाचारले तथ्य र अन्तर्वार्ताको स्वरूपमा मूल कार्यलाई अनुमति दिन्छ।विकिसमाचारको लक्ष्य "पूर्वाग्रह बिना समय सापेक्ष, प्रासङ्गिक, समाचार र मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्न वेबसाइट निर्माण गर्नु हो", विकिसमाचार दुबै जानकारीमूलक र मनोरञ्जनकारी स्रोत हो। सेवाले कसैलाई पनि सम्पादन गर्नको वा योगदान जारी गर्नका लागि स्वागत गर्दछ।
यहाँ रोचक र समयमै जानकारी प्रस्तुत गर्ने विभिन्न अवधारणाहरू अन्वेषण गर्न प्रोत्साहित गर्दछ।
सबैलाई उचित, निःशुल्क र रोचक समाचार प्रदान गर्ने उद्देशको साथ यसको स्थापना गरिएको थियो। अन्य विकिपरियोजनाको जस्तै, जानकारीहरू साधारण पाठक तथा सम्पादकहरूद्वारा लेखिन्छ। पुराना लेखहरू सम्पादकहरूले बदल्न नमिल्ने गरि सुरक्षित गरिएको छ। हाल यो २९ वटा भाषाहरूमा उपलब्ध छ।
सेप्टेम्बर २०२० सम्म, यस वेबसाइट २९ विभिन्न भाषाहरूमा उपलब्ध थियो जहाँ सबै भाषाका संस्करणहरूमा ३७१,०६१ भन्दा बढी समाचार मूलक लेखहरू समाविष्ट छन्। यसमा हाल ६३० भन्दा बढी सम्पादकहरू छन्।
स्पिजल अनलाइनले डिसेम्बर २००४ मा विकिसमाचारको मूल्याङ्कन गर्दै यो तयार भएकोमा यसले
याहु! समाचार
जस्ता स्वचालित सङ्ग्रह वेबसाइटहरूको लागि प्रतिस्पर्धामा राम्रो परिणाम दिनेछ जुन केवल कानुनी रूपमा कम सुरक्षित रहेको बताएको थियो।
विकिमिडिया संस्थाा
को यस समाचार वेबसाइटको पहिलो रेकर्ड गरिएको प्रस्ताव ५ जनवरी २००३ मा विकिपिडिया समुदायको मेटा-विकीमा सार्वजनिक गरिएको थियो।
विकिपिडियालाई फोन्जीको रूपमा सम्पादन गर्ने डानियल अल्स्टनले, उक्त प्रस्ताव उनले सार्वजनिक गरेको दावी गरेका थिए।
यस प्रस्तावलाई पछि जर्मनेली स्वतन्त्र पत्रकार, सफ्टवेयर विकासकर्ता र लेखक एरिक मुलले विकसित गरेका थिए। लामो समयदेखि विकिपिडिया योगदानकर्ताहरूद्वारा गरिएको प्रारम्भिक असमर्थनको बीच ति मध्ये धेरैले विकिपिडियाले आफ्नै समाचार सारहरू प्रस्तुत गर्ने गरेको औँल्याएका थिए।
Note १
पछि, यसलाई विकिमिडिया फाउन्डेसनको नयाँ परियोजनाको रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा विस्तृत छलफल र प्रस्तावहरू भएका थिए।
नोभेम्बर २००४ मा, यो सहयोगी समाचार वेबसाइटले कसरी काम गर्न सक्छ भनेर देखाउन एउटा प्रदर्शन विकी स्थापना भएको थियो। एक महिना पश्चात्, डिसेम्बर २००४ मा, वेबसाइट प्रारम्भिक विकास चरणबाट बाहिर आएको थियो र यसलाई परिक्षण संस्करणमा सारिएको थियो।
यसको
जर्मनेली भाषा
को संस्करण सोही समयमा सुरु गरिएको थियो। इटालेली, नेदरल्यान्डेली, फ्रान्सेली, स्पेनी, स्विडेनी, बुल्गेरियाली, पोल्यान्डेली, पोर्तुगाली, रोमानियाली, युक्रेनी, सर्बियाली, जापानी, रूसी, यहूदी, अरबी, थाई, नर्वेली, चिनियाँ, तुर्की, कोरियाली, हङ्गेरीयाली, युनानी, एस्पेरान्तो, चेक , अल्बानियाली, र तमिल लगायतका संस्करणहरू (त्यो कालक्रम अनुसार) स्थापना गरिएको थियो।
त्यसको केही महिना वा सेप्टेम्बर २००५ मा, यसको अनुमतिपत्र क्रिएटिभ कमन्स एट्रिब्युसन २.५ अनुमतिपत्र अन्तर्गत सारिएको थियो।
१०
२९ अप्रिल २००६ मा, यसमा ५००० र सेप्टेम्बर २००७ मा, यसमा १०,००० लेखहरू पुगेका थिए।जुन २००९ देखि,
स्पेनी भाषा
संस्करणको विकिसमाचारले संशोधित संस्करण प्रणाली कार्यान्वयन गरेको थियो, जुन यस प्रकारको प्रणाली कार्यान्वयन गर्ने स्पेनी भाषाका वेबसाइटहरू मध्ये पहिलो हो।
११
नेपाली भाषा
को विकिसमाचार हाल निर्माणाधीन अवस्थामा रहेको छ।
विकिसमाचार समुदायहरूसँग परामर्श नगरी धेरै प्रयोगकर्ताहरूले सन् २०१२ मा अङ्ग्रेजी संस्करण सन् २०१३ मा सबै विकि समाचार परियोजनाहरूलाई हटाउनका लागि मेटा-विकीमा हटाउने प्रस्ताव गरेका थिए।
१२
तर यो प्रस्तावहरूलाई ठूलो बहुमतले अस्वीकार गरेको थियो।
१३
विकिपिडिया
जस्तै, विकिसमाचारले यसको केही विशेषताहरू साझा गर्दछ जसमा तटस्थता, प्रमाणिकरण र लेखमा व्यक्तिगत टिप्पणीहरू छोड्ने सुविधाहरू समावेश छ। धेरै विकीमेडिया संस्थानका परियोजनाहरू जस्तै विकिसमाचारले आफ्ना लेखहरूको नि: शुल्क सम्पादनको अनुमति दिन्छ, यद्यपि, प्रकाशनको ७ दिन पश्चात् लेखहरूलाई बर्बरताबाट जोगिनको लागि सुरक्षित गरिन्छ जसलाई केवल पत्रकार सम्पादकहरू र प्रशासकहरूले मात्र सम्पादन गर्न सक्दछन्। विकिसमाचारमा, जो कोहीले पनि नयाँ लेख सिर्जना गर्न सक्ने र कुनै पनि प्रयोगकर्ताले यसलाई सम्पादन गर्न सक्ने हुँदा संशोधित संस्करणको नीतिले गर्दा सुरक्षित गर्नु अघि ति सामग्रीहरू सम्पादन योग्य हुन्छन्। विकिसमाचारलाई गुणस्तरीय पाठहरू उत्पादन गर्ने विचारको साथ सिर्जना गरिएको थियो। सबै विकिमिडिया संस्थानका परियोजनाहरू जस्तै, विकिसमाचारका प्रबन्धक तथा प्रशासकहरू रहेका हुन्छन् जसले प्रयोगकर्तालाई निशेध गर्ने, निशेध खोल्ने, पृष्ठ सुरक्षित गर्ने, पृष्ठ मेट्ने आदी कार्यहरू गर्दछन्।
१४
विकिसमाचारमा तटस्थ दृष्टिकोणको साथ लेखहरू लेखिन्छ। यो सिद्धान्तले सारांशमा, लेखमा तथ्यहरू समावेश गरिएको हुनुपर्दछ। यहाँ कुनै विषय सम्बन्धित बिभिन्न रायहरू (एक भन्दा बढी दृष्टिकोण) छन् भने त्यस्ता तथ्य लेखमा स्पष्ट हुनुपर्दछ तथापि, त्यहाँ के बहस भइरहेको छ भनेर बारेमा भिन्नता हुँदैन।तटस्थता दृष्टिकोण लेखमा समावेश गरिएको हुन्छ तर यसले प्रत्येक व्यक्तिको प्राथमिकताको राय अपनाउने बारेमा विविधता प्रस्तुत गर्दछ।
अधिकांश मानिसहरूलाई केलाई साँचो
मानिरहेका छन् भन्ने प्राथमिक सिद्धान्तमा रहेर यहाा लेख लेखिन्छ। तसर्थ, विवादको अवस्था, कडा र कमजोर विन्दुहरू निष्पक्ष रूपमा केलाइन्छ।
१५
विकिसमाचारलेले सम्पादकहरूको लेखहरूलाई "स्रोतहरू" सँग उद्धृत गर्दछ जहाँ उसले विकिपिडियाको समान सन्दर्भहरूको प्रयोग गर्दछ। आधिकारिक रूपमा प्रमाणित गर्न सक्ने स्रोतहरूलाई आधार बनाइन्छ जहाँ यसका लागि समाचारपत्र, पत्रिका र अनलाइन स्रोतहरूलाई उपयोग गरिन्छ।
विकीसमाचारको स्रोत पृष्ठमा, अनलाइन स्रोतहरूका लागि धेरै सम्भावनाहरू रहेका हुन्छा्, जहाँ सामान्यतया यसलाई समाचार स्रोतको रूपमा स्वीकार गरिन्छ। विकिसमाचारले, प्रयोगकर्ताहरूद्वारा उद्धृत गरिएका स्रोतहरूको उपयोग गर्दछ। पृष्ठबाट जानकारी उपयोग गरिन्छ भने, यसलाई "मूल प्रतिवेदन" को रूपमा वर्गीकृत गरिन्छ।
१६
विकिसमाचारका पत्रकार डेभिड साङ्कबोन, इजरायली राष्ट्रपति सिमोन पेरेजको साथ, सन् २००७ मा
डिसेम्बर २००७ मा विकिसमाचारका पत्रकार डेभिड साङ्कबोनद्वारा
इजरायली
राष्ट्रपति सिमोन पेरेससँग गरेको अन्तर्वार्ता सहित धेरै उल्लेखनीय व्यक्तिहरूसँग यसमा आबद्ध व्यक्तिहरूले अन्तर्वार्ता लिएका छन्। अमेरिका र इजरायल मैती लिग र इजरायली विदेश मन्त्रालयले अन्तरवार्ता लिन साङ्कबोनलाई आमन्त्रित गरेको थियो।
१७
१८
अन्य उल्लेखनीय अन्तर्वार्ताहरूमा लेखक, अभिनेता, र राजनीतिज्ञहरू
१९
जस्तै अगस्टन बुरोज, सन् २००८ को अमेरिकी रिपब्लिकन दलका उम्मेद्वार तथा विभिन्न अमेरिकी स्वतन्त्र र तेस्रो पक्षका राष्ट्रपति उम्मेद्वार टोनी बेन, एरिक बोगोसियन, निक स्मिथ, जोन कि र विश्वव्यापी वेबका सह-आविष्कारक रोबर्ट केयु समावेश छन्।
१७
विकिसमाचारलाई तटस्थ वा केवल प्रमाणित र सही जानकारी समावेश गर्ने अक्षमताको लाथि आलोचना गरिएको छ। इन्साइक्लोपिडिया ब्रिटानिकाका पूर्व सम्पादक प्रमुख, रोबर्ट म्याकहेनरीले परियोजनाको विश्वसनीयताको बारेमा आलोचना गरेका थिए। म्यानहेनरीले विकिसमाचारकोको तटस्थ दृष्टिकोण प्रदान गर्ने क्षमताको बारेमा शङ्का गरेका थिए।
२०
सन् २००७ मा, त्यस समयमा विकिमिडिया फाउन्डेसनको बोर्डका विशेष सल्लाहकार र क्यानडेली प्रसारण निगम सिबिसीको इन्टरनेट विभागकी पूर्व प्रमुख सु गार्डनरले एक अन्तर्वार्तामा म्याकहेनरीको टिप्पणीलाई खारेज गरेकी थिइन्।
२१
विकिसमाचारसँग विकिपिडियाबाट छुट्टै पहिचान कायम गर्न पनि समस्या आएको थिय जसले वास्तविक समयमा मुख्य समाचारका घटनाहरूलाई पनि समेट्दछ। सन् २००७ मा द न्युयोर्क टाइम्सका स्तम्भकार जोनाथन डिले, विकिपिडियाले आफ्नो वन्धुकल्प विकिसमाचारलाई हालसालैका लेखहरू लेखेर अन्जानमै यसलाई धक्का पुर्याइरहेको बताएका थिए भने उनले विकिपिडियामा धेरै नयाँ पृष्ठहरू सृजना हुँदा यसमा कम मात्रै नयाँ लेखहरू प्रकाशित भएको बारेमा टिप्पणी गरेका थिए।
२२
सेप्टेम्बर २०२० सम्म, विकिसमाचार ३४ वटा भाषामा उपलब्ध छ जस मध्ये २९ वटा सक्रिय छन् भने पाँचवटा भाषाका विकिसमाचारका संस्करणहरूलाई भने बन्द गरिएको थियो। सक्रिय वेबसाइटहरूमा ३,७१,०६१ लेखहरू छन् भने बन्द गरिएका वेबसाइटहरूमा २,१५१ लेखहरू थिए।
२३
वेबसाइटमा, ३१,७१,१९५ भन्दा बढी दर्ता गरिएका प्रयोगकर्ताहरू छन् जहाँ ६३० जना सक्रिय छन्।
२४
लेखहरू अनुसार विभिन्न भाषामा उपलब्ध विकिसमाचारका संस्करणहरू तल तालिकामा दिइएको छ:
२४
क्र.सं
भाषा
विकी
सामग्री
जम्मा
सम्पादन
प्रबन्धकहरू
प्रयोगकर्ताहरू
सक्रिय प्रयोगकर्ताहरू
फाइलहरू
रसियाली
ru
१,४७४,६६१
२,९२१,५३६
१७,९१४,३८८
१२
६३,९११
१२२
१७
सर्बियाली
sr
५३,१३८
८१,१८७
३,१७२,३२२
७,०३७
१३
पोर्तुगी
pt
३६,८८९
७८,९७५
५९५,४९७
३०,७७५
२९
६२
पोलिस
pl
२४,३७०
६९,९७९
४१२,०७६
२२,०९३
३५
१,३९५
फ्रान्सेली
fr
२४,२०३
८१,७२३
९१२,९५०
५६,६७१
३३
अङ्ग्रेजी
en
२२,२४०
२,९७८,५९६
५,००७,५७५
१८
२,९५१,५४६
२२७
३,३४३
चिनियाँ
zh
१८,६९८
४७,७५५
२७९,९७१
३८,६८०
३७
जर्मन
de
१४,२३६
६२,४७३
८६०,४३४
३५,९५९
३०
६५
इटालेली
it
१२,६८९
४४,७८१
१,००४,४७८
२९,८५७
५०
११४
10
स्पेनी
es
१२,३५३
५१,०२४
७३०,१६३
४८,३४५
२९
पूर्ण सूचीको लागि विकिमिडिया तथ्याङ्क हेर्नुहोस्:
२५
"Wikinews site ranks"
अलेक्सा इन्टरनेट
, अन्तिम पहुँच अक्टोबर १, २०२०
अभिलेखिकरण
जुलाई १८, २००९
वेब्याक मेसिन
Joanna Glasner (नोभेम्बर २९, २००४),
"Wikipedia Creators Move Into News"
, वायर्ड,
मूल
बाट जुन ७, २००७-मा सङ्ग्रहित
, अन्तिम पहुँच अप्रिल २१, २००७
Aaron Weiss (फेब्रुअरी १०, २००५),
"The Unassociated Press"
द न्युयोर्क टाइम्स
मूल
बाट अप्रिल १५, २००९-मा सङ्ग्रहित
, अन्तिम पहुँच अप्रिल २१, २००७
Wikinews:Original reporting
(अङ्ग्रेजीमा)
The aim is to publish complete news stories and to act as a counterpart to commercial news agencies such as Reuters and United Press
स्थायी मृत कडी
sur www.masternewmedia.org.
(अङ्ग्रेजीमा)
Einar Thorsen,
Journalistic objectivity redefined? Wikinews and the neutral point of view
, University of Teesside, UK.
(अङ्ग्रेजीमा)
Greg,
Move Over Wikipedia, Here Comes WikiNews
अभिलेखिकरण
२०१३-०२-११
वेब्याक मेसिन
, sur socialtwister.com
Adeline,
Étude du site Wikinews francophone
स्थायी मृत कडी
, Travail d’évaluation du cours «
Introduction aux technologies de l’information et de la communication
».
(अङ्ग्रेजीमा)
Wikinews switches to Creative Commons license
Wikinews:Comment ajouter du contenu avec un minimum d'effort
sauf intervention argumentée sur une page archivée
[[n:Wikinews en français passe la barre des 10 000 pages|Wikinews en français passe la barre des
Proposals for closing projects/Closure of English Wikinews|Closure of English Wikinews
Frank Patalong (२००४-१२-०६)।
"Wiki-News: Und noch ein Blog..."
। Spiegel Online
। सङ्ग्रह मिति २०१९-०७-२०
Wir sind Sprengstoff!
अभिलेखिकरण
२०२१-०५-१५
वेब्याक मेसिन
Veröffentlicht am 8. August 2005
"Wikinews: Komplementarität statt Konkurrenz"
। Europäisches Journalismus-Observatorium (EJO)। २०१४-०३-१९
। सङ्ग्रह मिति २०१७-१०-०३
K.C. Jones (जनवरी १४, २००८),
"Wikinews Gets Big Intervi ew: Israeli President Shimon Peres"
इन्फर्मेसन विक
रोज, आडम (जनवरी–फेब्रुअरी २००९),
"The Wikinews Ace: Why Shimon Peres sat down with David Shankbone"
, Columbia Journalism Review,
मूल
बाट मे ९, २०१२-मा सङ्ग्रहित
, अन्तिम पहुँच मे ११, २०१२
Asper, Colleen (अप्रिल २००८),
"David Shankbone with Colleen Asper"
, द ब्रोक्लिन रेल,
मूल
बाट अप्रिल २३, २००८-मा सङ्ग्रहित।
विस, आरोन (फेब्रुअरी १०, २००५),
"Jimmy Wales, president of Wikimedia, where articles written by users are open to revision by others"
द न्युयोर्क टाइम्स
Dee, Jonathan (जुलाई १, २००७),
"All the News That's Fit to Print Out"
द न्युयोर्क टाइम्स
मूल
बाट मार्च २२, २०११-मा सङ्ग्रहित
, अन्तिम पहुँच डिसेम्बर ३१, २००७
Seward, Zachary M. (फेब्रुअरी ८, २०१०),
"Why Wikipedia beats Wikinews as a collaborative journalism project"
Nieman Journalism Lab
मूल
बाट जनवरी ७, २०१५-मा सङ्ग्रहित
, अन्तिम पहुँच जनवरी २२, २०१५
विकिमिडिया
को
मिडियाविकी
API:Sitematrix
. पहुँच
अप्रिल
२०२६
Data:Wikipedia statistics/meta.tab
बाट
विकिमिडिया
को
मिडियाविकी
API:Siteinfo
. पहुँच
अप्रिल
२०२६
Data:Wikipedia statistics/data.tab
बाट
"Wikinews Statistics"
मेटा
, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२०
मेटा विकीपिडियामा सम्बन्धित लेख छ:
Contrairement à Wikipédia, Wikinews ne suit pas une. pour l'amélioration continue de son contenu dans le temps.
उद्दरण त्रुटी:
tags exist for a group named "Note", but no corresponding
tag was found
US